AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

विराट एक्स्पोमा बजारभन्दा सामान सस्तो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ फाल्गुन २०७६, आईतवार २१:१९
3
Shares
विराट एक्स्पोमा यूपिभिसी झ्याल, ढोकाको बारैमा बताउँदै कम्पनीका प्रतिनिधी । तस्वीर : पुष्पराज थपलिया
विराटनगर /उद्योग संगठन मोरङले ‘आर्थिक विकासको मूल आधार, कृषि, पर्यटन, उद्योग र व्यापार’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट एक्स्पो’ आयोजना भइरहेको छ ।

विराटनगर–२ स्थित शंकरपुरमा जारी विराट एक्स्पोमा नगद छुटदेखि विभिन्न उपहारका अफरहरू ल्याइएका छन् । एक्स्पोमा उपभोक्तालाई आकर्षण गर्न विक्रेताहरूले नगददेखि विभिन्न उपहारको व्यवस्था गरेको बताइएको छ । एक्स्पोमा ग्याँस चुल्हो, किचन तथा ठूला होटल र पार्टी प्यालेसले प्रयोग गर्ने वस्तुहरुमा पनि प्याकेजअनुसार अफर दिएको छ ।

एक्स्पोमा लत्ताकपडाका साथै दैनिक उपभोग्य वस्तुमा पनि विभिन्न अफर र छुटको व्यवस्था गरिएको छ । मेलामा वस्तुअनुसार ५० प्रतिशतसम्म छुटमा विक्री गरिएको छ । एक्स्पोमा नेपाली उद्योगी तथा व्यापारीले मात्रै नभई विदेशबाट आएका व्यापारीलेसमेत अफर लिएर आएका छन् । उनीहरुले हरेक वस्तुको खरिदमा १५ देखि ३० प्रतिशतसम्म छुट दिएका छन् ।

एक्स्पोको आइतबार २० हजार बढीले अवलोकन गर्नुका साथै ३ करोड बढीको कारोबार भएको प्रचारप्रसार संयोजक नन्दु राठीले बताए । बालबालिकाका लागि विभिन्न मनोरञ्जन रोटे पिङ, मौतका कुवाका साथ साँगीतिक कार्यक्रम गरिएको छ । दैनिक स्थानीय र राष्ट्रिय कलाकारले मनोरञ्जन दिएका छन् भने सोमबारको विशेष प्रस्तुति एक्सिस व्याण्डको रहने राठीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर