AArya
RUMPUM
animated ellipse animated ellipse

पशु स्वास्थ्य सेवा प्राविधिकको नयाँ नेतृत्व चयन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७६, शनिबार १७:५४
3
Shares
सुन्दरहरैंचा / नेपाल पशु स्वास्थ्य सेवा प्राविधिक संघ मोरङको नयाँ कार्यसमिति चयन भएको छ ।

संघको सुन्दरहरैंचा नगरपालिकाको विराटचौकमा आज सम्पन्न दोस्रो जिल्ला अधिवेशनले हरिराम न्यौपानेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । समितिको उपाध्यक्ष दिलमाया तामाङ, सचिव ललन यादव, सहसचिव पूर्ण श्रेष्ठ र कोषाध्यक्षमा मृदुला गौतम निर्वाचित भएका छन् ।

यसैगरी सदस्यहरुमा नगेन्द्र महतो, कमला काफ्ले, चिरन्जीवी भट्टराई, गणेश शिवाकोटी, विलास भट्टराई र दुर्गा चापागाईं छन् । कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याललको प्रमुख आतिथ्यमा भएको कार्यक्रमका वक्ताले पशुचौपाया स्वास्थ्यको विषय सम्बेदनशील भएपनि सरकारीस्तरबाट भनेजसरी सेवा प्रदान गर्ने काम हुन नसकेको बताए । नेता अर्यालले सरकारको अहिलेको कार्यशैली ठिक नभएको बताए ।

संघका केन्द्रीय अध्यक्ष गणेश रेग्मीले नीतिगत रुपमै हुनुपर्ने कतिपय कामले गति लिन नसक्दा नैराश्यता छाएको बताए । सुन्दरहरैंचा नगरपालिकाका मेयर शिवकुमार ढकालले पशुपालन व्यवसायलाई अझ व्यवसायिक बनाउन सके धेरै फाइदा लिन सकिने चर्चा गरे । कार्यक्रममा विराटनगरमहानगरपालिकाकी उपमेयर इन्दिरा कार्की, कांग्रेस नेता दिलिप गच्छदारलगायतले शुभकामना मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर