AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

गोग्राह सहकारीको वार्षिक उत्सवमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ फाल्गुन २०७६, शनिबार १७:३१
3
Shares
विराटनगर / विराटनगर– ४ स्थित गोग्राह बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदान तथा निःशुल्क आँखा शिविर आयोजना गरेको छ ।

आज विराटनगरमा आयोजना गरिएको रक्तदानमा ३२ प्रिन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए । रक्तदान कार्यक्रममा सहकारीका पदाधिकारी, सदस्य तथा सर्वसाधरणहरूले रक्तादन गरेका थिए । रक्त संचार केन्द्र विराटनगरमा भइरहेको रगत आभावलाई पूर्ती गर्ने उद्देश्यले रक्तदान गरिएको अध्यक्ष बस्नेतले जानकारी दिए ।

रगत नपाएर अकालमा कसैको पनि ज्यान नजाहोस् भनेर ‘रक्तदान, जीवन दान’ भन्ने मुल नाराको साथ रक्तदान कार्यक्रम भएको बस्नेतले बताए । यस्तै सहकारीले विराटनगर आँखा अस्पतालको प्राविधिक सहयोगमा आयोजना गरिएको निःशुल्क आँखा शिविरमा १ सय ६ जनाले आँखा परीक्षण गरिएको छ । आँखा परीक्षण गरिएका मध्ये ६ जनामा मोतियाबिन्दुको विरामी भेटिएको छ । उनीहरूको निःशुल्क शल्यक्रिया विराटनगर आँखा अस्पतालमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर