पूर्वाञ्चल खबर
विराटनगर / प्रेम दिवशको अवसरमा विराटनगरका गायक नितिन गजुरेलले आफ्नो नयाँ म्युजिक भिडियो आँखाले हेर्यौ बजारमा ल्याएरका छन्।
धेरै जसो माया प्रेमको गीत गाएका गजुरेलको अधिकांष गीतहरु चर्चित छन्। प्रेमिप्रेमिकाहरुको विषिेश दिन रहेको प्रेम दिवसमा यो आफ्नो नयाँ कोशेली सम्पूर्ण प्रेमी मनहरुलाई समर्पण गरेको गायक गजुरेलले बताए।
गीतको म्युजिक भिडियोमा कमलसिंह र श्रेया कार्कीको रोमान्स देख्न सकिन्छ भने मनिष प्रसाईको सब्द संगीतमा सजिएको उक्त गीतको म्युजिक भिडियोलाई र्यान कार्कीले निर्देशन गरेका हुन्।
प्रविन राईले भिडियो छायांकन गरेका हुन। यो भिडियो सम्पूर्ण दर्शकहरुले मन पराउनेमा गायक गजुरेल ढुक्क छन्।