पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर १० मा सञ्चालित कोशी विद्या मन्दिरमा कलेजको भवनको आज शिलान्यास भएको छ ।
कक्षा ११ र १२ होटल म्यानेजमेन्ट अध्यापनलाई केन्द्रबिन्दुमा राखी सुविधा सम्पन्न तीन तल्ले भवनको शिलान्यास गरिएको हो । होटल म्यानेजमेन्ट को–अर्डिनेटर अमितकुमार महतो महतोले यस विद्यालयले उच्च शिक्षामा समेत सबैको रोजाईमा पर्ने कुरामा विश्वास व्यक्त गर्दै साथै यस संस्थाबाट शिक्षा प्राप्त गर्नेहरुको देश तथा विदेशमा समेत रोजगारीको ग्यारेण्टी हुने कुरा बताए ।
भवन निमार्ण गर्न करिव २ करोड ५० लाख रुपैयाँ लाग्ने कलेजका एकाडेमी निर्देशक राजेशकुमार दासले जानकारी दिए ।