पूर्वाञ्चल खबर
विराटनगरमा आज औपचारिक कार्यक्रमको आयोजना गरी वर्तमान कार्य समितिमा उपाध्यक्ष रहेका प्रधानले आगामी निर्वाचनका लागि बरिष्ठ उपाध्यक्षमा आफनो उम्मेदवारी घोषणा गरेका हुन् ।
प्रधानलाई भावी अध्यक्ष तथा वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छासहित पूर्वअध्यक्षहरु पशुपति मुरारका, कुशकुमार जोशीसहित बिभिन्न २९ उद्योग वाणिज्य संघका अध्यक्षहरुले सर्मथन गरेका छन् ।
घोषणा सभामा २९ उद्योग बाणिज्य संघका अध्यक्षहरुले उम्मेदवार किशोर प्रधानलाई सर्मथन गरेको प्रतिबद्धता पत्र पनि सार्वजनिक गरियो ।
आगामी निर्वाचनका लागि उद्योग बाणिज्य महासंघको बरिष्ठ उपाध्यक्ष पदमा अर्का उपाध्यक्ष चन्द्र ढकालले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन् । ढकाललाई पूर्वअध्यक्ष चण्डीप्रसाद ढकालको समुहले सर्मथन गरेको छ ।
सामूहिक नेतृत्व शैलीलाई अंगिकार गर्दै सबल र कुशल नेतृत्व दिनका निम्ति किशोर प्रधान योग्य रहेको भन्दै सबै उद्योग वाणिज्य संघहरुको चाहना र भावना अनुसार हाम्रो अभियान, सक्षम नेतृत्व सशक्त संगठन भन्ने नारासहित उमेदवारी घोषणा गरिएको सहभागि उद्योगीहरुलेबताएका छन् ।
प्रधान उद्योग वाणिज्य महासंघको गत निर्वाचनमा उपाध्यक्ष पदमा पराजित भएका थिए । तर उनलाई पछि पुन उपाध्यक्ष पदमा मनोनित गरिएको थियो ।
उद्योग वाणिज्य महासंघको बिधान अनुसार बरिष्ठ उपाध्यक्ष स्वत अध्यक्ष हुने प्रवधान छ । अगामी कार्यकालका लागि वर्तमान बरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत अध्यक्ष हुनेछन ।
निर्वाचनबाट बरिष्ठ उपाध्यक्षमा बिजयी हुने ढकाल र प्रधान मध्ये अर्को कार्यकालका लागि स्वत अध्यक्ष बन्नेछन ।
विराटनगरमा सम्पन्न घोषणा सभामा विराटनगरमै कार्यालय रहेको नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ समितिका पदाधिकारीहरुको भने आज उपस्थिती थिएन् ।