पूर्वाञ्चल खबर
पथरी / मोरङको पथरी बजार नजिकै जाँते–पथरी सडकखण्डमा यात्रु बस दुर्घटना हुँदा बसमा सवार १८ जना घाइते भएका छन् ।
आज दिउँसो जाँतेबाट ३५ जना यात्रु लिएर पथरीतर्फ आउँदै गरको को १ ख ७९५३ नम्बरको सम्झना ट्राभल्सको बस तिव्र गतिका कारण विपरीत दिशातर्फ गएर पल्टिएको प्रहरीले जनाएको छ । तिव्र गतिमा रहेको बसको स्टेरिङ फेल भएकाले अनियन्त्रीत भई दुर्घटना भएको हुन सक्ने प्रहरीले बताएका छन् ।
दुर्घटनमा घाइते भएका सबैको अवस्था सामान्य रहेको र उनीहरुको पथरीको विभिन्न अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय पथरीका डिएसपी दिलिपकुमार गिरीले जानकारी दिए । बसका चालक लेटाङ नगरपालिका–९ घर भएका २९ वर्षिय रामकुमार मगरलाई प्रहरीले नियन्त्रणमा लिइएको छ ।