पूर्वाञ्चल खबर
ताप्लेजुङ/ ताप्लेजुङ पाथीभरा याङबरक गाउँपालिका २ खाल्टे थेचम्बु का एक महिलालाई खुकुरी प्रहारबाट गरि हत्या गरिएको छ ।
हिजो साँझ दाजुभाईको अंशभण्डाको बिषयलाई लिएर विवाद हुँदा जेठाजु ४३ बर्षीय पूर्णकुमार लिम्बुले आफ्नै कान्छी भाई बुहारी ३५ बर्षीया शुकमाया लिम्बुलाई धारिलो हतियार खुकुरी प्रहार गरि हत्या गरिएको हो ।
पूर्णकुमारले घाँटी र टाँउकोमा प्रहार गर्दा शुकमायाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ। खुकुरी प्रहार गरी बुहारीको हत्या गर्ने जेठाजु पूर्णकुमारलाई प्रहरीले पक्राउ गरी थप अनुसन्धान भईरहेको ताप्लेजुङ प्रहरीले जनाएको छ।