पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर ६ स्थित झर्नाचोक का ६० बर्षीया जागोदेवी कामतको कारको ठक्करबाट मृत्यु भएको छ ।
आज दिउँसो झर्नाचोकस्थित भित्री सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको को १ च ६६३९ नम्बरको कारले पैदल हिडिरहेकी कामतलाई ठक्कर दिई घाईते बनाएकोमा उनलाई उपचारार्थ न्यूरो अस्पताल पठाईएकोमा डाक्टरले उनको मृत्यु भईसकेको घोषण गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
ठक्कर दिने कार नियन्त्रणमा रहेको र चालक फरार रहेकोले उनको खोजी भईरहेको मोरङ प्रहरीले जनाएको छ ।