पूर्वाञ्चल खबर
प्रदेश–१ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री विजय विश्वासले उद्घाटन गरेको शिविरको सम्पूर्ण प्राविधिक सहयोग नोवेल मेडिकल कलेज विराटनगरले गरेको थियो ।
स्वास्थ्य शिविरमा ५ सय ८ जनाले स्वास्थ्य सेवा पाउनुका साथै ४३ जनाले रक्तदान गरेका थिए । नेपाल रेडक्रस सोसाइटी मोरङ शाखा, सरस्वती मावि, ग्रामथान गाउँपालिका, एक्सेल डेभलप्मेन्ट बैंक, सशस्त्र प्रहरी बल ३ नम्बर गण, महिला स्वयम्सेविका, विराट हेल्थ कलेज, र स्काई क्लबको आर्थिक एवं प्राविधिक सहयोगमा निःशुल्क स्वास्थ्य शिविर गरिएको हो ।
रेडक्रस सोसाइटी उपशाखा झोराहाटका सभापति झनेन्द्रबहादुर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा रेडक्रसका जिल्ला सभापति सुबोधकुमार सिंह, नोवेलका नारायण दाहाल, झोराहाट नाट्य समूहका अध्यक्षसमेत रहेका नेपाल रेडक्रस सोसाइटी झोराहाटका सचिव भरत गुरागाईं ‘बर्बरिक’, सरस्वती माविका प्रधानाध्यापक अशोक लुइँटेललगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।