पूर्वाञ्चल खबर
खोटाङ / खोटाङमा हुन लागेको बाल विवाह रोकिएको छ । घर परिवारबाट मागेर हुन लागेको बाल विवाह जिल्ला प्रहरी कार्यालयको पहलमा रोकिएको हो ।
जिल्लाको दिक्तेलरुपाकोट मभुवागढी नगरपालिका वडा नं १५ विजयखर्क मालाका पदमबहादुर भुजेलकी छोरी १४ वर्षीयकी पम्फा भुजेल र भोजपुर जिल्ला अरुन गाउँपालिका वडा नं ४ बस्ने २२ वर्षीया भीमबहादुर भुजेलको छोरा डम्बरबहादुर भुजेल विच हिजो हुन लागेको विवाह रोकिएको जिल्ला प्रहरी कार्यालय खोटाङ्गले जनाएको छ ।
चाम्पावती मा वि विजयखर्क मालामा कक्षा ९ मा अध्ययनरत बालिका भुजेल हिजो घरबाट मागी विवाह गर्न लागेको अवस्थामा प्रहरीको रोहवरमा रोक लगाईएको वडा नम्बर १५ का वडा अध्यक्ष विरेन्द्र ढकालले बताए ।