AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारले तोकेभन्दा २८ लाख बढी शुल्क मागेको भन्दै नोबेल मेडिकल कलेजविरुद्ध जिल्ला प्रशासनमा उजुरी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ माघ २०७६, आईतवार २१:३८
3
Shares
विराटनगर/ कञ्चनबारीमा रहेको नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीहरूसँग सरकारले तोकेभन्दा २८ लाख बढी शुल्क माग्ने गरेको अभिभावहरूले बताएका छन् ।

कलेज प्रशासनले तोके बमोजिमको शुल्क अग्रिम नबुझाए विद्यार्थीलाई पठनपाठनमा समावेश नगराउने धम्की दिदै गैरकानुनी तरिकाले अतिरिक्त शुल्क माग्ने गरेको अभिभावहरूले बताएका हुन् । चिकित्सा शिक्षा आयोगले काठमाडौं उपत्यका बाहिर एमबीबीएस पढ्न लाग्ने शुल्क ४४ लाख ३६ हजार २५ रुपैयाँ तोकेको छ । होस्टल शुल्कबाहेक कलेजले अन्य रकम लिन मिल्दैन । तर, नोबेल मेडिकल कलेजले एमबीबीएसमा भर्ना भएका विद्यार्थीलाई चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा २८ लाख रुपैयाँ गैरकानुनी तरिकाले अतिरिक्क्त भन्दै बढी शुल्क माग्ने गरेको अभिभावक हेमन्त कुमार शर्माले बताए ।

सरकारले तोकेको पहिलो किस्ताको रकम १४ लाख ७८ हजार ६ सय ७५ रुपैयाँ विश्वविद्यालयको खातामा जम्मा गरेर कलेजले भर्ना भएका विद्यार्थी र अभिभावकसँग कलेजले बढी रकम माग्ने गरेको अभिभाव शर्माले बताए । उक्त कलेजले बदनियतपूर्ण तरिकाले सरकारले तोकेकोभन्दा बढी शुल्क माग गरेको भन्दै ४० जना अभिभावकहरूले हस्ताक्षरसहित जिल्ला प्रशासन कार्यालय मोरङमा आइतबार ज्ञापनपत्र बुझाएका छन् । उनीहरूले प्रशान कार्यालयमार्फत शिक्षा मन्त्रालय, चिकित्सा शिक्षा आयोग, अख्तियार दुरूपयोग अनुन्सधान आयोग र मोरङ प्रहरीमा बोर्धार्थ दिदै अनुसन्धान गरि कारवाहीको दायरमा ल्याउन पनि माग गरेका छन् ।

अभिभावले विद्यार्थीहरुको शान्ति सुरक्षा कायम गर्दै विद्यार्थीको भविष्य पनि सुनिश्चित गर्न प्रशासनँग माग राखेका छन् । नोबेलले एमबीबीएसमा एक सय सिट पाएको छ । विद्यार्थीसँग अतिरिक्त शुल्क भन्दै २९ लाख दरले उठाउँदा उसले २९ करोड रुपैयाँभन्दा बढी अतिरिक्त कमाइ गर्छ । नोबेल कलेज प्रशासनले इन्टनसिप शुल्कबापत ४ लाख ४० हजार मागेको छ । ९ वटा सेमेस्टरको आन्तरिक परीक्षाका लागि ९५ हजारका दरले रकम मागिएको छ ।

विश्वविद्यालय परीक्षाबापत ९५ हजारका दरले छुट्टै शुल्क लिन खोजिएको छ । यस्तो परीक्षा चारपटक हुने गर्छ । यस्तै प्रवशे फारम शुल्कमा ३ हजार माग गरेको छ । कलेजले साढे ५ वर्षको होस्टल शुल्क पनि भर्ना अगावै माग गरेको छ ।

होस्टलका लागि ७ लाख ३९ हजार ६ सय ५३ रुपैयाँ अग्रिम दिनुपर्ने उल्लेख छ । एमबीबीएस अध्ययन गर्दा होस्टल अनिवार्य बस्नु पर्दैन । नोबेलले होस्टल अनिवार्य गरेर ५ वर्षसम्मको शुल्क अग्रिम माग्ने गरेको अभिभावहरू बताउँछन् । विद्युत् महसुल विद्यार्थी आफैंले तिर्नुपर्ने सर्त कलेज प्रशासनले राखेको छ । चिकित्सा शिक्षा आयोगले भनेअनुसार पहिलो किस्ताको १४ लाख ७८ हजार काठमाडौं विश्वविद्यालयको खातामा जम्मा गरेपछि कलेजको सम्पर्कमा आएका थियौं,’ अभिभावक शर्माले भने, ‘अहिले तत्काल ११ लाख रुपैयाँ तत्काल कलेज प्रशासनले माग गरेको छ ।’

प्रशासनले माग गरेको गैरकानुनी अतिरिक्क्त शुल्क नबुझाए पठनपाठन। नगराउने भन्दै धम्की दिने गरेको उनीहरूको भनाई छ । बढी लिने रकमको बिल भरपाइ माग्दा कलेज प्रशासनका कर्मचारीले दिन नमानेको गरेको उनीहरूले बताए ।

नोबेल मेडिकल कलेजले अघिल्ला ४ वर्षमा अतिरिक्त ३५ करोड ४७ लाख रुपैयाँ उठाएको राष्ट्रिय सतर्कता केन्द्रले गरेको छानबिनबाट खुलेको थियो । अतिरिक्त शुल्कका विषयमा नोबेल मेडिकल कलेजका संचालक सुनिल शर्मासँग कुराकानी गर्न खोज्न सम्पर्क आउन चाहेनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर