पूर्वाञ्चल खबर
नेपाल विद्युत प्राधिकरण कर्मचारी सङ्घ प्रदेश १ को प्रथम अधिवेशनको आज विराटनगरमा आयोजित उद्घाटन समारोहमा सहभागीहरुले प्राधिकरणले पाँच वर्षका लागि पुग्ने ट्रान्समिटर र विजुलीको पोल अहिले खरीद गरी रकम फ्रिज गराएकोमा त्यसको अनुसन्धान गर्नुृ पर्ने आवश्यक्ता औल्याएका छन ।
नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले एमसिसी परियोजनावाट विद्युत खरीदवापत भारततर्फ जाने वार्षिक रु २५ अर्व रकम वचत हुने बताए ।
नेपाल विद्युत प्राधिकरण कर्मचारी सङ्घ केन्द्रीय अध्यक्ष जनार्दन भट्टराईले ज्यालादारी कर्मचारीलाई आगामी दुई महिना भित्र करारमा नियुक्तिको प्रक्रिया शुरु भएको जानकारी दिए ।
प्राधिकरण कर्मचारी सङ्घ कोशी मेचीका अध्यक्ष उद्धव भुजेल, नेकाँ केन्द्रीय सदस्य अमृत अर्याल, प्राधिकरणका प्रदेश निर्देशक श्रीराम राज पाण्डे लगायतले संस्था जोगाउन ग्राहकलाई गुणस्तर सेवा प्रदान गर्नुपर्ने धारणा व्यक्त गरे ।
अधिवेशनमा प्रदेश १ का १४ जिल्लाका संघ आवद्ध कर्मचारी प्रतिनिधिहरुले नयाँ नेतृत्व आज सर्वसम्मत रुपमा चयन गर्ने छन् । रासस