AArya
RUMPUM
animated ellipse animated ellipse

भारतमा पनि कोरोना भाइरस भेटिएको पुष्टि

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ माघ २०७६, बिहीबार १९:०९
3
Shares
भारतमा कोरोना भाइरसको पहिलो संक्रमित भेटिएको पुष्टि भएको छ । आज भारतको स्वास्थ्य मन्त्रालयले केरलामा एक जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेको हो ।

चीनको वुहान विश्वविद्यालयमा अध्यननरत विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको हो । उहाँलाई निगरानीमा राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । वुहानबाट फर्किएपछि उहाँमा कोरोना भाइरसको संक्रमण देखिएको हो । त्यस्तै राजधानी नयाँ दिल्लीमा तीन जनालाई कोरोना भाइरसको संक्रमणको आशंकामा आरएमएल अस्पतालको आइसोलेसन वार्डमा निगरानीमा राखिएको छ ।

चीनको वुहानबाट फैलिएको प्राणघातक कोरोना भाइरसका कारण आज बिहानसम्म चीनमा एक सय ७० जनाको मृत्यु भएको छ । चिनियाँ राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार चीनका सबै प्रान्तमा यसको संक्रमण फैलिएको छ ।

आज बिहानसम्म सात हजार सात सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । आज चीनको स्वशासित क्षेत्र तिब्बतमा कोरोना भाइरसको पहिलो संक्रमण पुष्टि भएको छ । चीनबाहेक विश्वमा विभिन्न देशमा ९० जनाभन्दा बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण भएको छ । चीनबाहिर भने यसबाट अहिलेसम्म कसैको मृत्यु भएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर