पूर्वाञ्चल खबर
विराटनगर / विराटनगर – ११ पिचरा स्थित ७९ वर्षिय जाडोले कठ्याङग्रिएर विरामी भइ थला परेकी एक जना वृद्धाको उद्धार गरिएको छ ।
लामो समयदेखि विरामी भइ हिडडुल गर्न नसक्ने वृद्धा चन्द्रकुमारी ठकुरीको बुधबार राती उद्धार गरिएको हो ।
सामाजिक अभियान्त पेरिस सुवेदीको पहलमा युवाहरूको समूहले वृद्धाको उद्धार गरेपछि विराटनगरस्थित मानव सेवा आश्रममा वृद्धा ठकुरीलाई राखिएको छ । श्रीमानको मृत्यु भएपछि वृद्धा ठकुरी सडकको नालामाथि टिनको छाप्रो बनाएर बसोबास गर्दै आएका थिए । उनको दिशापिास एकै ठाउँमा हुने गरेको थियो । विराटनगर ११ का वडा अध्यक्ष तिर्थेन्द्र न्यौपाने, सामाजिक अभियानता सुवेदीको सहकार्यमा उद्धार गरिएको छ ।
पुसको सुरुवातदेखिनै सितलहरसँगै बढेको जाडो र विरामीले थला परेकी वृद्धाको जीवन कष्टकर तरिकाले बितेको थियो । जाडो बढेपछि उनी तावामा आगो बालेर रात कटाउने गरेकी थिइन् । ‘यस्तो दहनिय अवस्था रहेको वृद्धाको पीडा देखेपछि लगातारको प्रयासपछि वृद्धाको उद्धार गरिएको छ,’ सामाजिक अभियान्त सेवेदीले भने, ‘अहिले वृद्धा ठाकुरीको रेखदेख मानवसेवा आश्रममा राखिएर गरिनेछ ।’ उद्धार गरिएको ठाकुरीको उपचार पनि मानवसेवा आश्रममा भइरहेको सामाजिक अभियान्त सुवेदीले बताए । वृद्धाको हेरचारको लागि आश्रमले कर्मचारी खटाएको छ ।