पूर्वाञ्चल खबर
विराटनगर / शिक्षक, अभिभावक र विद्यार्थीको त्रिकोणात्मक सम्बन्धले विद्यार्थीको भविष्य उज्ज्वल हुने प्रदेश १ प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘ प्यासी ’ ले बताएका छन् ।
आज विराटनगर–११ मा रहेको जनपथ उच्च माध्यमिक विद्यालयको ५५ औं वार्षिकोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख प्यासीले आजको विद्यार्थी भोलिका देशका कर्णधार भएको हुनाले मुलुकलाई आवश्यक दक्ष जनशक्तिको निर्माणका लागि अहिलेदेखि नै ध्यान केन्द्रीत गर्नुृ पर्नेमा जोड दिए ।
विश्वमा आगमनमा भएका आधुनिक प्रविधि सम्वन्धमा पाठ्यक्रम निर्माण गर्नुपर्नेमा जोड दिदै प्रदेश प्रमुख प्यासीले विद्यार्थीहरुलाई स्वदेश तथा विदेशमा आवश्यक पर्ने जनशक्ति निर्माण गर्न आजदेखि नै कार्य सूचारु गर्नुपर्ने आवश्यक्ता रहेको बताए ।
शिक्षा विकास तथा समन्वय इकाइका मोरङका प्रमुख दीर्घध्वज चापागाईँ, विद्यालयका प्राचार्य हरिप्रसाद पराजुलीलगायतले मुलुकलाई आवश्यक पर्ने दक्ष जनशक्ति तयारका तयार गर्ने कार्यको प्रारम्भ गरिने जानकारी दिए ।