पूर्वाञ्चल खबर
विराटनगर / मोरङको धनपालथान गाउँपालिका ४ का ३८ बर्षीय बिशुन देव मुखियाको कुटपिटबाट मृत्यु भएको छ ।
गत माघ ४ गते धनपालथान गाउँपालिका ४ को एक होटलमा मादक पदार्थ सेवन गरी भएको बादबिबाद र कुटपिटबाट घाईते भएका मुखियाको उपचारको क्रममा हिजो राती साँढे ८ बजे विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएको हो भने कुटपिटमा संग्लग्न रहेका ७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कुटपिटमा संग्लग्न स्थानीय ३० बर्षीय धनिराम मुखिया, २० बर्षीय हरिओम महतो, ३५ बर्षीय मणीचन्द्र महतो, ६१ बर्षीय रामविलास महतो र ३२ बर्षीय शंकर महतोलाई ईलाका प्रहरी कार्यालय रङगेलीले नियन्त्रणमा लिएको हो । यसैगरी कुटपिटमै संग्लग्न रहेका १८ बर्षीय किसन महतो र १५ बर्षीया जमुनाकुमारी महतो भने सामान्य घाईते रहेको हुँदा प्रहरी चौकी कर्सियाको निग्रानीमा स्थानीय मेडिकलमा उपचार भईरहेको छ ।
घटना सम्बन्धमा अन्य थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।