AArya
RUMPUM
animated ellipse animated ellipse

एभरेष्ट स्पोर्टस् मीट शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१३ माघ २०७६, सोमबार २०:३०
3
Shares

विराटनगर/ विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलमा आजदेखि एभरेष्ट स्पोर्टस् मीट शुरु भएको छ ।

एक सातासम्म सञ्चालन हुने प्रतियोगितामा मन्टेश्वरीदेखि कक्षा ९ सम्मका दुई हजारभन्दा बढी विद्यार्थीले भाग लिने छन् । स्पोर्टस् मिटमा विभिन्न दौड, ज्याब्लिङ थ्रो, सर्टपुट, रिले रेस, हाइजम्प, लङजम्पलगायतका खेलमा विद्यार्थीले भाग लिने छन् ।

प्रतियोगिताको पहिलो दिन मन्टेश्वरीदेखि कक्षा ३ सम्मका विद्यार्थीले विभिन्न प्रतियोगितामा भाग लिएका छन् । विद्यालयका अतिरिक्त कृयाकलाप इन्चार्ज राजन भट्टराईका अनुसार मन्टेश्वरीका बालबालिकाले चकलेट रेस, रिले रेस, म्यूजिकल चेयर, फायर इन द माउन्टेन, भित्रि बाहिरी खेललगायतका प्रतियोगितामा भाग लिएका छन् । यस्तै कक्षा २ र ३ का विद्यार्थीले ५० र १०० मिटर दौड र म्याथ रेस प्रतियोगितामा सहभागिता जनाएका छन् ।

प्रतियोगिताको उद्घाटन गर्दै विद्यालयका प्राचार्य टीकाराम पुरीले खेलकुदले अनुशासित बन्न सहयोग गर्दै विद्यार्थीको सर्वाङ्गिण विकासमा सहयोग पुग्ने विश्वास ब्यक्त गरे । उनले एकसातासम्म चल्ने खेलकुदका विभिन्न प्रतियोगितामा सक्रिय सहभागिता जनाउन विद्यार्थीहरुलाई निर्देशन समेत दिए ।

स्पोर्ट्स मिट अन्तर्गत मंगलबार कक्षा ४ र ५ का विद्यार्थीले विभिन्न स्पर्धामा भाग लिने छन् । प्रतियोगिता माघ २० गते समापन हुनेछ । प्रतियोगितामा पहिलो, दोस्रो र तृतिय हुनेलाई मेडल प्रदान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर