AArya
RUMPUM
animated ellipse animated ellipse

नेपाली भुमी अतिक्रमणका विषयमा बहस आवश्यक : नेतृ कोइराला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ माघ २०७६, शनिबार १७:०३
3
Shares

विराटनगर / नेपाली कांग्रेस केन्द्रीय सदस्य सुजाता कोइरालाले नेपाली भुमी अतिक्रमणका विषयमा बहस आवश्यक भएको बताएकी छिन् ।

सरकार र प्रतिपक्षिदलहरु समेत सिमा विवादका विषयमा नवोलेको आरोप लगाउँदै उनले सरकार र दलहरुको स्पष्ट धारणा सार्वजनिक गर्न माग गरिन । प्रेस युनियन मोरङले आज विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उनले भुमि अतिक्रमणका विषयमा बहस आवश्यक भएको र त्यसका लागि दुई देशवीच संम्वादको आवश्यकता रहेको औल्याइन् ।

नेपाली भूमी कालापानी,लिपुलेक र लिप्पियाधुरा भारतले प्रयोग गर्ने भए त्यसको सट्टा ,पट्टामा भारतले मेचीदेखि बंगलादेश जोडिने समुद्रसम्मको भाग दिन ,लिन सकिने तर्क गरिन । यसवाट ब्यापार सहित आन्तरिक समृद्धी आउने बताइन । सिमा अतिक्रमणका विषयमा कोही पनि नबोल्ने तर आफुले देशकै हितमा बोल्दा विवादास्पद टिप्पणी भएकोमा आश्चर्य ब्यक्त गरिन् ।

एमसीसीका विषयमा पनि सरकार र दलहरुले जनताको भावना जितेर पास गर्नु पर्ने नेतृ कोइरालाले बताइन । विवादास्पद विषय र बुदाहरुलाई परिमार्जन गरेर एमसीसी पास गर्न पर्ने उनले बताइन् । कांग्रेस भित्रको आन्तरिक कलह समाप्त नभए पार्टीको अस्थित्व खतरामा पर्ने भएकाले कार्यकर्ताहरुले खवरदारी गर्न आवश्यक रहेको उनले बताइन् । नेतृ कोइरालाले पार्टी बलियो बनाउने गरी भूमिका निर्वाह गर्न सभापति शेरबहादुर देउवालाई समेत आग्रह गरिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर