AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निर्यात मुखी क्षेत्रमा लगानी गरी राष्ट्रलाई आत्मनिर्भर कनाउनु पर्छ– मन्त्री आङवो

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० माघ २०७६, शुक्रबार २१:३९
3
Shares
विराटनगर / सरकारी वित्तीय सस्थाले उत्पादन केन्द्रीत क्षेत्रमा लगानी गर्नु पर्ने प्रदेश १ का आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रवहादुर आङवोले बताएका छन् ।

राष्ट्रिय वाणिज्य वैंक लिमिटेड प्रदेश कार्यालय विराटनगरले आज विराटनगरमा आयोजित वैंकको ५५ औं वार्षिकोत्सवको उद्घाटन गर्दै मन्त्री आङवोले आयात प्रतिस्थापन र निर्यात मुखी क्षेत्रमा लगानी गरी राष्ट्रलाई आत्मनिर्भर बनाउन वैक केन्द्रीत हुनुपर्नेमा जोड दिए ।

कृषि, उद्योग र सरकारले घोषित गरेको लक्षित वर्गमा सुलभ दरमा कर्जा प्रवाह गर्नु पर्ने आवश्यक्ता औल्याउदै मन्त्री आङवोले प्रविधि मैत्री बनाई ढिलासुस्ती अन्त्य गरी निजी क्षेत्रको वैकसंग प्रतिस्पर्धामा खरो उत्रिनु पर्ने बताए ।

नेपाल राष्ट्र वैक विराटनगरका निर्देशक रोशन सिग्देलले मुलुकको व्यापार घाटा कम गर्न ग्रामीण क्षेत्र, उत्पादनमुखी , रोजगारी क्षेत्रमा लगानीलाई प्राथमिकता दिनु पर्ने बताउदै आयात व्यापारलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

वैंकका प्रदेश प्रमुख ऋषभ भट्टराई, मोरङका प्रमुख जिल्ला अधिकारी मदन भुजेल, मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा, उद्योग संगठनका कावा अध्यक्ष राकेश सुरानालगायतले उद्योग क्षेत्रमा गरिने लगानीको व्याज दर एक अङक हुनुका साथ सत प्रतिशत कर्जा प्रवाह वृद्धि गर्नुपर्ने,ग्राहक मैत्री हुनुपर्ने वैंकको निक्षेप र कर्जा लगानीमा नाफा २० प्रतिशत हुनुपर्ने, नगद कारोवारको अन्त्य गरी सवै क्षेत्रमा वैंकमार्फत कारोवारलाई प्राथमिकता दिनु पर्र्ने,सुरक्षा सहित अत्याधुनिक सूचना प्रविधिको प्रयोग गर्नुपर्ने जस्ता सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर