RUMPUM
animated ellipse animated ellipse

कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्य

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ माघ २०७६, बिहीबार १०:०१
3
Shares

विराटनगर । घनपालथान गाउँ पालिकामा कलेज बस दुर्घटना हुँदा एक जनाको मृत्य भएको छ ।

विराटनगरमा रहेको लडबुद्ध कलेजको मे १ ख १४९० नम्बरको बस रंगेलीबाट विराटनगर विद्यार्थी बोकेर आउने क्रममा आज विहान साढे ६ घनपालथान गाँउपालिका पिण्डेश्वरी स्कूल अगाडि विराटनगर रंगेली सडक खण्डमा पश्चिम तर्फ जादै गरेको बस बाक्लो हुस्सुको कारण अनियन्त्रित भई दुर्घटना बसका साहुजी विराटनगर १५ का ३२ वर्षिय सानु साहको मृत्यु भएको छ भने बसमा सबार ५ जना विद्यार्थी सामान्य घाइते रहेको मोरङ प्रहरीले जनाएको छ । साहको न्यूरो अस्पतालमा उपचारको क्रममा ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

घाइते भएका विद्यार्थीहरुको न्यूरो अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । बस र बसका चालक प्रहरीको नियन्त्रणमा रहेको मोरङ प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर