RUMPUM
animated ellipse animated ellipse

भेट्रान खेलाडिलाई विदाई

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

६ माघ २०७६, सोमबार १९:३२
9
Shares
विराटनगर / भारतको आसाममा हुने आसाम सिलचर भेट्रान गोल्डकप प्रतियोगिताको दोश्रो संस्करणका लागि सिएमजी स्वास्थ्य क्लब विराटनगरकका खेलाडीलाई विदाई गरिएको छ ।

विराटनगरमा आज आयोजित एक कार्यक्रमकाबीच महानगरपालिकाका मेयर भीम पराजुलीले २५ सदस्यीय टोलीलाई जितको शुभकामनासहित बिदाइ गरेका हुन् । सिएमजी स्वास्थ्य क्लबले भेट्रान खेललाई जीवन्तता दिदैं आएको बताएका मेयर पराजुलीले भेट्रान फुटबलका लागि महानगर सहयोग गर्न तयार रहेको उल्लेख गरेका थिए ।

कार्यक्रममा अखिन नेपाल फुटबल संघका सह–महासचिव बसन्त अर्यालले बंगलादेश, भारतका ठूला क्लबहरुबीच सिएमजीले मैदानमा आफूलाई स्थापित गर्ने अवसर आएको बताए ।

प्रतियोगिताका लागि एन्फाका प्रशिक्षक मनिष तिम्सिनाको प्रशिक्षण र कप्तान जय देवकोटा रहेकाछन् । ४५ वर्षीय देवकोटा पहिलो अन्र्तराष्ट्रिय सहभागितामा उपाधिको लक्ष्यसहित मैदानमा उत्रने बताए । उनले भने, ‘विदेशी भूमिमा पहिलोपटक सहभागि हुदैछौ । शतप्रतिशत खेल्ने छौ र उपाधिको दाबेदारीमा रहनेछौ ।’

विराटनगरको टोली बिहीबार सिलचर पुग्ने प्रशिक्षक तिम्सिनाले जानकारी दिए । लिगकम नकआउटका आधारमा हुने प्रतियोगिता सिलचरमा आउँदो शनिबारदेखि सोमबारसम्म तीन दिन हुनेछ । प्रतियोगितामा बंगलादेशको नारायणगञ्ज सोनाली ओटित क्लब, भारतको दिल्लीस्थित आरबीआई क्लब, कोलकाताको क्लाइभ हाउस भेट्रान क्लब, मिजोरमको जी ९९ क्लब लगायतको सहभागिता रहेको छ ।

सिएमजी क्लब २०७२ सालमा स्थापना भएको हो। त्यसयता क्लबले २०७१ सालमा विराट चौकमा आयोजित भेट्रान प्रतियोगिता, विराटनगर पोखरियामा आयोजित गंगाविशन राठी स्मृति भेट्रान गोल्डकपको उपाधि हात पारेको छ। त्यसैगरि, २०७२ मा धरानमा आयोजित भेट्रान गोल्डकपको उपविजेतामा चित्त बुझाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर