पूर्वाञ्चल खबर
झापा / झापाको विर्तामोड नगरपालिका ३ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जनालाई पक्राउ गरिएको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी विर्ता वजारबाट खटिएको प्रहरी टोलीले विर्तामोड नगरपालिका २ का २६ बर्षीय विकाश उप्रेती र विर्तामोड नगरपालिका ३ का सुवास तामाङलाई २७ ग्राम ब्राउन सुगर र निजहरुले प्रयोग गरेको मे ३ प ८९८ नम्बरको स्कुटरसहित पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय अनारमनीले जनाएको छ ।