CLASSICTECH NET

सुनसरीमा टाउको छिनाएको अवस्थामा महिलाको शव भेटियो

खबर पूर्वाञ्चल, १ माघ २०७६, बुधबार १७:५१

सुनसरी / सुनसरीको वराहक्षेत्र नगरपालिकामा वीभत्स अवस्थामा महिलाको शव भेटिएको छ । 

बराहक्षेत्र नगरपालिका वडा १ चतरा–रामपुर सडक खण्डमा पर्ने दुधपाने खोलामा एक महिलाको टाउको छिनाएर हत्या गरी फालिएको अवस्थामा शव फेला परेको हो । सशस्त्र प्रहरी बल चतराका प्रमुख अशोक न्यौपानेका अनुसार हत्या भएका महिलाको शरीर एकातिर थियो भने टाउको शरीरको भाग फेला परेको ठाउँ देखि करिब २१ मिटर टाढा राखिएको फेला परेको हो ।
 

टाउको संगै छुरी समेत राखिएको बरामद गरिएका न्यौपानेले बताए । शव फेला परेकी महिलाको हुलिया हेर्दा तराई समुदायकी हुन सक्ने अनुमान गरिएको उनले बताए । उनका अनुसार हत्या १५/२० दिन अगाडि भएको हुनसक्ने अनुमान गरिएको छ । 

खोलाको बगरमा वीभत्स अवस्थामा भेटिएको शव अन्दाजी ३५/४० वर्षीया जस्तो देखिने महिलाको भएको सुनसरी प्रहरीले जनाएको छ । घटनास्थलबाट तन्ना, बर्को, महिलाले बोक्ने ब्याग, चक्कु स्टाम्प प्याड पनि भेटिएको थियो । महिलाको औँलामा स्टाम्पको रंगसमेत देखिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी विनोद शर्माले जानकारी दिएका छन् ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५