सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु

खबर पूर्वाञ्चल, २८ पुष २०७६, सोमबार १९:५२

सुनसरी / सुनसरीको ईटहरी उपमहानगरपालिका ५ पिपलचोक स्थित भित्रि सडक खण्डमा सेप्टिट्याङकी गाडीको ठक्करबाट साईकलयात्रीको मृत्यु भएको छ ।

आज दिउँसो को १ ख ७१२१ नम्बरको सेप्टिट्याङकी गाडीले साईकल यात्री ईटहरी उपमहानगर पालिका ४ हलगडा का २६ वर्षिय सुनिता कार्कीलाई ठक्कर दिएको थियो ।

ठक्करबाट घाईते भएकी उनलाई उपचारकोलागी विराट नर्सीङ होम अस्पताल लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको थियो । उक्त सेप्टिट्याङकीका चालक ईटहरी ५ का ३८ वर्षिय राजन तोलाङ्गेलाई १ नम्बर प्रदेश ट्राफिक प्रहरी कार्यालय ईटहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटना भएको समयमा सहचालकले चलाएको खुल्न आएपछी सहचालक रामधुनि ३ का ४९ वर्षिय प्रेमबहादुर खड्कालाई समेत नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

NBC

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५