CLASSICTECH NET

एभरेष्टको सिङ्गीङ– डान्सीङ आइडल सम्पन्न

खबर पूर्वाञ्चल, २८ पुष २०७६, सोमबार १९:३९

विराटनगर / विराटनगर–५ स्थित एभरेष्ट सेकेण्डरी स्कूलले आयोजना गरेको गायन तथा नृत्य प्रतियोगिताको फाइनल स्पर्धा ऋँज् सम्पन्न भएको छ ।

विराटनगरको विरेन्द्रसभा गृहमा सम्पन्न फाइलन प्रतियोगितामा गायनतर्फ सिनियर र जुनियर तर्फ ५ – ५ जनाप्रतियोगि फाइनल पुगेका थिए । नृत्य तर्फ भने दुवै समूहबाट ६–६ जना प्रतियोगिले फाइनलमा भाग लिएका हुन् । प्रतियोगिहरु मंसिरदेखि शुरु भएको प्रतियोगिताको विभिन्न चरणपार गर्दै फाइनल सम्मपुगेका हुन् ।

राष्ट्रिय प्रतियोगिताको झल्को दिने गरि आयोजित फाइनल समारोहमा विद्यालयका बालबालिकाले सामुहिक नृत्य र जेष्ठ नागरिकको सम्मानगर्नुपर्छ भन्ने सन्देश बोकेको हजुरवुवानामक नाटक समेत मञ्चन गरे ।

प्रतियोगितामा गायन सिनियरतर्फ कक्षा ८ का उत्सव रायमाझि विजेता बने भने फष्ट रनर अप अस्विन थापा र सेकेन्ड रनर अप संस्कार थापा घोषित भए । यस्तै गायन जुनियर तर्फ श्रीदिमा प्रधान प्रथम भइन् भने फष्ट रनर अप आदित्य यादव र सेकेण्ड रनर अप रिद्दि पौडेल भए ।

यसैगरि नृत्य विधामा सिनियरतर्फ मानस्व् िखनाल विजेता बनिन् भने फष्ट रनर अप पुर्णिमा पौडेल र सेकेण्ड रनर अप रेनिज राजवंशी घोषित भए । नृत्यको जनियरतर्फ श्रीदुला खनाल विजेता भइन् भने सारा उप्रेती फष्ट रनर अप र आयुष्मा गिरि सेकेण्ड रनर अप घोषित भइन् ।

प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले फाइनल समारोहको उद्घाटन गर्दै यस्ता प्रतियोगिताले बालबालिकामा अन्तर निहित क्षमतालाई प्रष्फुटन गर्न सघाउ पुग्ने विश्वास ब्यक्त गरे ।

कार्यक्रममा विद्यालयका प्राचार्य तथा प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बालबालिकालाई औपचारीक शिक्षासँगै सीप र प्रविधिलाई सँगै जोडेर शिषादिनु आजको आवश्यकता रहेको औल्याए । उनले आउँदो शैक्षिक सत्रदेखि नै एभरेष्टले कक्षा ७ सम्म पुर्ण तया प्रविधि र सीपसँग जोडेर अध्यापन गराउने समेत उद्घोष गरे ।

विद्यार्थी, अभिभावक, शिक्षक र कर्मचारीले खचा खच भएको विरेन्द्र सभा गृहमा प्रतिष्पर्धिको कला हेरेर वान्समोरको नाराले गुन्जायमान बनेको थियो । प्रतियोगितामा गायन विधामा सुरज बानिया र अनुपमा चौधरी र नृत्य विधामा मणि लिम्बु र निश्चल मगरले निर्णायकको भूमिका निर्वाह गरेका थिए । प्रतियोगिताको विजेता, फष्ट रनरअप र सेकेण्ड रनरअपले क्रमश नगद ५ हजार , ३ हजार, २ हजार सहित शिल्ड र प्रमाणपत्र प्राप्त गरे ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५