CLASSICTECH NET

मलेसियाको सान्तवना जित

खबर पूर्वाञ्चल, २८ पुष २०७६, सोमबार १९:२१

सुनसरी / मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको समुह चरणको अन्तिम खेलमा मलेसियाले सान्तवना जित हात पारेको छ ।

आज इनरुवा रंगशालामा सम्पन्न समुह ‘डी’ अन्तर्गतको अन्तिम खेलमा मलेसियाले गण्डकी प्रदेशलाई १ सय ९२ रनको विशाल अन्तरले पराजित गर्यो । जित हात पारेता पनि मलेसिया सेमीफाइनल पुग्न भने असफल रह्यो । समुह ‘डी’ अन्तर्गत यस अघि नै दुइ खेलमा जितको साथ सुदुरपश्चिम प्रदेश सेमीफाइनल प्रवेश गरिसकेको छ ।

गण्डकी प्रदेशले भने दुवै खेलमा हार बेहोर्यो । खेलमा मलेसियाले दिएको २ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा गण्डकी प्रदेशले २७ दशमलव २ बलमा १ सय ६ रनमै सम्पूर्ण विकेट गुमाउन पुग्यो । गण्डकीको लागि बिपिन खत्रीले सर्वाधिक ४२ रन, प्रबिन ढकालले अविजित १९ रन तथा बिधान श्रेष्ठले १० रन बनाउँनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मलेसियाका सुहारिल फेटरिले सर्वाधिक ४ विकेट लिए भने अनवर रहमान र भिजय उन्नीले समान ३–३ विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको मलेसियाले निर्धारित ४७ ओभरमा ८ विकेट गुमाएर २ सय ९८ रनको योगफल तयार गरेको थियो । मलेसियाको लागि ओपनर ऐनुल हकिमले सर्वाधिक ८९ रन बनाए । उनले १११ बलमा ११ चौका प्रहार गरे । यस्तै अर्का ओपनर भुषण सेभ र भिरनदिप सिंहले समान ५०–५० रन बनाए । भुषणले ३४ बलमा ८ चौका र १ छक्का तथा भिरनदिपले ४५ बलमा ३ चौका र २ छक्का प्रहार गरे । यस्तै एहमद फैजले ३१ रन , मोहम्मद अरिफले २० रन , मोहम्मद हफिजले १५ रन तथा नजरिल रहमानले १३ रन बनाए ।

गण्डकी प्रदेशका बिपिन खत्रीले सर्वाधिक ३ विकेट लिए । चन्द्रकान्त पौडेलले २ तथा गोबिन्द प्रधानले १ विकेट लिए । बुधबार हुने पहिलो सेमीफाइनलमा प्रदेश नम्बर ३ र त्रिभुवन आर्मी क्लबले तथा बिहिबार हुने दोश्रो सेमीफाइनलमा नेपाल पुलिस क्लब र सुदुरपश्चिमले प्रतिस्पर्धा गर्नेछन् ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५