RUMPUM
animated ellipse animated ellipse

मानसिक रोगीको विराटनगरबाट उद्धार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ पुष २०७६, सोमबार १८:४७
3
Shares

विराटनगर/ विराटनगरमा युवाहरूको समूहले वेवारिसे अवस्थामा रहेका एक जना मानसिक रोगीका विरामीलाई उद्धार गरेको छ ।

विराटनगरको महेन्द्रचौक स्थितबाट आज दिउँसो मानसिक रोगीका विरामीको उद्धार गरेको हो ।

बेवारिसे अवस्थामा रहेका मानसिक रोगीका विरामीलाई विराटनगरबाट उद्धार गरिएको सामाजित अभियाकर्ता पेरिस सुवेदीले बताए । अन्दाजी ३० वर्षका देखिने पुरुषको उद्धार गरि विराटनगरस्थित मानव सेवा आश्रममा राखिएको सुवेदीले बताए । उद्धार गरिएको विरामीको विराटनगरस्थित कोशी अस्पतालमा उपचार गरेपछि आश्रममा लगिएको हो । यस अघि पनि विराटनगरका सुवेदीसहितको युवाहरूले मोरङको विभिन्न स्थानहरुबाट वेवारिसे मानिसहरुको उद्धार गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर