CLASSICTECH NET

रङ्गशाला बनाउन धुर्मुस सुन्तली फाउण्डेशनले ल्यायो श्रीलंकाका मैदान बिशेषज्ञ

खबर पूर्वाञ्चल, २७ पुष २०७६, आईतवार २१:३२

चितवन /धुर्मुस सुन्तली फाउण्डेशनको संयोजनमा जनस्तरबाट निर्माण भईरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माण अभियानमा आईसिसि ग्राउण्ड स्पेशलिष्ट बन्दुलावार्नपुरा जोडिएका छन् ।

आज फाउण्डेशनको तर्फबाट अध्यक्ष सिताराम कट्टेल र वार्नपुरा बिच रङ्गशालाको ग्राउण्डको काम गर्ने गरी सम्झौता भएको हो ।

धुर्मुस सुन्तली फाउण्डेशनले नेपालमा मैदानका लागी बिशेषज्ञ बोलाएको यो पहिलो पटक नै हो । वार्नपुरा नेपालमा काम गर्न पाउनु र देशले मानेको ब्यक्तिसंग जोडिन पाएकोमा खुशी भएको बताए । उनका अनुसार ४ महिनामा प्याराफिट बिना अन्तर्राष्ट्रिय खेल खेल्न मिल्ने ग्राउण्ड रेडी गर्ने र निर्माण अवधी पछि पनि ग्राउण्ड कन्सल्टेन्टका रुपमा जोडिने छन् ।

वार्नपुरा श्रीलंका टेस्ट क्रिकेट टिमको पहिलो कप्तान समेत हुन् । उनी झण्डै ८ बर्ष श्रीलंका िक्रिकेट बोर्डको क्रिकेट अपरेशन डाईरेक्टर समेत रहिसकेका छन् । वार्नपुरा श्रीलंकाकालागी पहिलो ओडिआई. खेल्ने खेलाडी समेत हुन्, जसले आफ्नो करियरमा पहिला ेपटक श्रीलंकालाई जित दिलाएका थिए ।

उनले आफ्नो करियरमा १९७९ को विश्व कपमा भारत बिरुद्धको खेलमा १८ रन र १ विकेट लिँदै खेल श्रीलंकाको पक्षमा जिताएका थिए । जुन श्रीलंकाकालागी पहिलो जित थियो र उनको करियरमा यो खेलले इट्टा थप्ने काम मात्र गरेन् यो एक एसोसिएट सदस्य राष्ट्रद्धारा श्रृलंकाकालागी एक मात्र जित थियो ।जसमा उनको नाम दर्ज छ । उनी श्रीलंकाको राष्ट्रिय टिममा प्रशिक्षक समेत रहेर काम गरेका छन् । सन २००८ सम्म एसियन क्रिकेट काउन्सिल (एसिसि) को डेभलपमेन्ट म्यानेजर रहेर काम गरेका थिए ।

२०१६ मा ‘युथवीथ ट्यालेन्ट’ नामक रियालिटी शोमा निर्णयकका रुपमा समेत उनले कामगरिसकेका छन् । हाल उनी आईसिसि अन्तर्गतको एसियाको ग्राउण्ड हेर्ने स्पेशलिष्ट रहेर कामगरिरहेका छन् ।

जनस्तरबाट सहयोग संकलन गरी निर्माण गरिने यो रङ्गशालामा बिदेशबाट ल्याईएको पहिलो स्पेशलिष्ट उनी हुन् । वार्नपुरालाई रङ्गशाला निर्माण अवधि भरकालागी सम्झौता गरिएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष सिताराम कट्टेलले जानकारी दिए । ‘रङ्गशालानिर्माण अन्तर्राष्ट्रिय स्तरको मात्रै होईन् यो एउटा नेपालको गौरव पनिभएकाले बिज्ञ मानिस राख्नुपर्छ भन्ने हाम्रो टिमको सल्लाह अनुसार उहाँलाई बोलाएका हौं’ वार्नरको बिज्ञता अनुसार अभियानमा जोडिन बोलाईएको बताउँदै धुर्मुसले भने ‘अझै पनि बिशेषज्ञहरु आवश्यक परेको खण्डमा नेपालमै भएकावाबिज्ञहरु बाहिरबाट ल्याएर भएपनि सबैले तारिफ गर्ने र सबै देशले खेल्न चाहने रङ्गशाला बनाउँछौं ।’

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५