AArya
RUMPUM
animated ellipse animated ellipse

प्रदेश १ लाई देशकै बौद्धिक रुपमा एक नम्बर बनाउन सबै लाग्नु पर्छ– प्रदेश प्रमुख प्यासी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२७ पुष २०७६, आईतवार २१:१९
3
Shares

विर्तामोड / प्रदेश प्रमुख सोमनाथ अधिकारी ‘प्यासी’ले विधि निर्माण गर्ने क्रममा विशेषज्ञता हाँसिल गरेका निकायसँग छलफल र परामर्श नगरी सरकारले विधि निर्माण नहुने कुरा बताएका छन् ।

निजी तथा आवासिय अर्गनाइजेसन झापाको २९ औँ वार्षिकोत्सबको उद्घाटन गर्दै ‘प्यासी’ सो कुरा बताएका हुन् । राष्ट्रको अब्बल रुपमा रहेको प्रदेश १ लाई बौद्धिक रुपमा पनि एक नम्बर नै बनाउन सबै लागि पर्नुपर्ने प्रदेश प्रमुख प्यासीले बताए ।

कार्यक्रममा प्याब्सन जिल्ला कार्य समितिका अध्यक्ष एल.पि.उप्रेतीले ‘निजी विद्यालयको योगदान, अवसर, चुनौती र सम्भाव्यता विषयक अवधारणा – पत्र’ प्रस्तुत गरे । उक्त अवधारणा माथि टिप्पणी गर्दै प्याब्सन केन्द्रको तर्फबाट गोविन्द लम्सालले सरकारले निजी विद्यालयका लगानी कर्तालाई असहज वातावरण स्रिजना गर्दै लगेको दुखेसो पोखे भने नेकपा झापा शिक्षा विभाग प्रमुख सीताराम अधिकारीले गुणस्तरीय शिक्षा अनुकूलको शुल्क निर्धारण गर्ने अधिकार प्याब्सनमा निहित हुनुपर्ने बताए ।
राप्रपा नेपालका सह–महामन्त्री भक्ति सिटौलाले सामुदायिक विद्यालय राजनीतिकर्मीको अखडा बनेकोले विद्यार्थीको भविष्य निर्माणमा प्राइभेट स्कूलहरुले थप योगदान दिनुपर्ने बताए । अवधारणा पत्र माथि टिप्पणी गर्दै व्याङ्ग्यत्मक शैलीमा संविधान सदस्य दिपक कार्कीले निरन्तर राजनीतिक परिवर्तन भएपनि अहिलेसम्म राज्य सुकिला मुकिला कै हातमा रहेकोले आसातीत परिवर्तन हुन नसकेकोले बताए ।

प्रदेश सांसद डा. चन्द्र भण्डारीले शिक्षाको दिशा निर्धारण गर्न नसकेको विषम परिस्थितिमा नेपालको शिक्षा प्रणालीमा आमुल परिवर्तन गर्नु पर्ने कुरा औल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर