RUMPUM
animated ellipse animated ellipse

पूर्वाधार विकासमा दीर्घकालीन सोच नदेखिएको नेता नेपालको भनाइ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२६ पुष २०७६, शनिबार १८:५१
3
Shares
फाइल तस्वीर
काठमाण्डौ / पूर्वप्रधानमन्त्री एवं नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले राज्यले बृहत्तर ढंगले दीर्घकालीन सोचका साथ पूर्वाधार विकास योजनाका कामलाई अघि बढाउने परिपाटीको विकास गर्न नसकेको बताएका छन् ।

सार्वजनिक यातायात केन्द्रीय महासंघको प्रथम राष्ट्रिय साधारण सभाको काठमाण्डौंमा उद्घाटन गर्दै नेता नेपालले यसै कारणलले लगानीअनुरुपको प्रतिफल आउन नसकेको बताए । विद्यालय, हवाई कम्पनी तथा बैंक वित्तीय संस्थालगायत जुनसुकै निकाय खोल्नका लागि कुनै सीमितता नहुँदा समस्या देखिएको उनको भनाइ छ । हचुवाका भरमा बग्रेल्ती संस्था खुल्ने परिपाटीलाई बदल्न नियमनकारी निकायको ध्यान जान जरुरी भएको नेपालको भनाइ छ ।

मुलुकको सार्वजनिक यातायात क्षेत्रलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन सरोकारवाला निकायको भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने भनाइ नेपालको छ । नेपालले यातायात क्षेत्रको एकाधिकारको अन्त्य गर्दै यस क्षेत्रमा रहेका बेथिति र विकृति नियन्त्रणका लागि नियमनकारी निकाय सक्रिय हुन जरुरी भएको उहाँले बताए । उदारभावको नाममा बग्रेल्ती अनुमति दिने र त्यसअनुरुप खुलेका संस्थाको अनुगमन प्रणाली प्रभावकारी नहुँदा सेवाको गुणस्तरतामा ह्रास आइरहेको नेपालले बताए । राम्रोसँग अध्ययन गरेर मात्र यातायात सेवा सञ्चालनको अनुमति दिनुपर्ने र प्रतिस्पर्धा र नियमनलाई राज्यका निकायले अझ बढी जिम्मेवार र सक्रिय भएर लाग्नुपर्ने जरुरी रहेको पनि उनको भनाइ छ ।

विमानस्थल, सडक वा पुल जे पूर्वाधार बनाउने तयारी गरेपनि कस्तो गुणस्तरको बनाउने भन्ने मापदण्ड नभएको भन्दै नेपालले साँघुरो हेराइ, सङ्कीर्ण सोचका कारण मुलुकको विकासको गतिलाई तीव्रता दिन नसकिएको बताए । जुनसुकै पूर्वाधार बनाउँदा १० वर्ष, २० वर्ष वा ५० वर्ष कति अवधिसम्मका लागि हो कति खर्च लाग्छ भन्ने विषय सुरुमै निर्धारण गरेर आयोजना अघि बढाउन जरुरी रहेको बताए । चालकको लापरबाहीका कारण मुलुकमा सवारी दुर्घटना बढेको भनाइ उहाँको छ । चालकलाई उत्तरदायी बनाउन आवश्यक प्रशिक्षणका साथै उनीहरुलाई अनुशासित र मर्यादित बनाउनेतर्फ सरोकारवाला निकायले ध्यान दिनुपर्ने खाँचो नेपालले औँल्याए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर