AArya
RUMPUM
animated ellipse animated ellipse

उपसभामुख तुम्बाहाम्फेलाई राजीनामा गराउने नेकपाको निर्णय

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ पुष २०७६, शनिबार १८:२१
3
Shares

काठमाडौं / सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा गराउने निर्णय गरेको छ ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपा सचिवालय बैठकमा सभामुखमा उम्मेदवार दिने र उपसभामुख तुम्बाहम्फेलाई राजीनामा गराउने निर्णय गरेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । रिक्त रहेको सभामुख पदको निर्वाचन आइतबारबाट सुरु हुने भएपछि नेकपाले उक्त निर्णय लिएको हो ।

यसका लागि हाम्रो पार्टीको तर्फबाट उपसभुमुखमा निर्वाचित शिवमाया तुम्बाहाम्फेले राजीनामा दिने निर्णय भएको छ । उपसभामुख तम्बाहाम्फेले राजीनमा नदिने बरू महाअभियोग लगाएर हटाउन अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई चुनौती दिँदै आएकी छिन् । असोज १२ गते संसद सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेर तत्कालीन कृष्णबहादुर महरा जेल गएपछि सभामुख पद रिक्त रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर