CLASSICTECH NET

प्रदेश १ फुटबल संघको अध्यक्षमा राई

खबर पूर्वाञ्चल, २५ पुष २०७६, शुक्रबार १९:०५

धरान / प्रदेश १ फुटबल संघको अध्यक्षमा किशोर राई चयन भएकाछन् ।

अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्माछिरिंग शेर्पाको उपस्थितीमा सुनसरीको धरानमा आज आयोजित एक कार्यक्रममा राईलाई सर्वसम्मत रुपमा अध्यक्ष चयन गरिएको हो । यसक्रममा एन्फा विधानको परिच्छेद ४ को धारा २१ दफा ग अनुसार प्रदेश एक फुटबल संघमा अध्यक्ष राईसहित १९ जनाको कार्यसमिति चयन भएको छ ।

एन्फाको पूर्व उपाध्यक्ष समेत रहिसकेका राई धरानस्थित धरान फुटबल क्लबका अध्यक्ष समेत हुन् । लामो समयदेखि फुटबलको विकासमा खटिएका राईको नयाँ कार्यसमितिमा भोजपुरका प्रविण सुवाल, मोरङका दिपक श्रेष्ठ, पाँचथरका सुरेश शाह र गणेश राई उपाध्यक्ष रहेका छन् । त्यसैगरि, संघको महासचिवमा झापाका भागिरथ आले र कोषाध्यक्षमा प्रदीप श्रेष्ठ रहेकाछन् । संघको सचिवमा सुनसरीका नविन राई रहेकाछन् ।

कार्यसमितिमा महिलातर्फ लिला सुब्बा र आशा राईसहित १० सदस्य रहेकाछन् ।

कार्यक्रममा एन्फा अध्यक्ष शेर्पाले संघीयतापछिको नयाँ अभ्यासका क्रममा संघको गठन गरिएको र संघको कार्यकालका लागि शुभकामना दिए । उनले गठित टोलीले मोफसलमा फुटबलको जग थप बलियो बनाउने अपेक्षा गरेको बताए। विकेन्द्रकरणको आधारमा फुटबलको विकास गर्ने नबति अनुसार अघि बढेको बताएका शेर्पाले भने, प्रदेश कमिटिले फुटबलको विकाससंगसंगै जिल्ला र केन्द्रबीच पुलको काम समेत गर्नेमा जोड दिए। गठित संघले प्रदेश एकमा फुटबलको गतिविधी समयमा हुने र फुटबलको सक्रियता थप बढ्ने उनको बुझाइ छ ।

त्यसैगरि, अध्यक्ष किशोर राईले प्रदेश एकमा ६ महिनाको अवधीमा एन्फा मातहतमा रहेका ११ जिल्लाको समावेशी विधान निर्माणमा जोड दिने बताए । उनले भने, सोही आधारमा निर्वाचनको आधार तयार गर्नेछ । त्यसैगरि, राईले प्रदेश १ मा एन्फा मातहतमा नरहेका ३ जिल्लालाई समेत समेटन्का लागि पहल गर्ने बताए । संघले आउँदो एक वर्षमै फुटबलमा फरक स्वाद पस्कने विश्वास लिएका राईले फुटबलमा आमुल परिवर्तन देखिने दावी गरे । उनले भने, स्थानीय तह, प्रदेश सरकार, नीजि क्षेत्र, राजनीतिक दललाई समेटर प्रदेश लिग, जिल्ला लिग, गोल्डकपलाई थप गतिशील र विकसित गराउनेछौ ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५