AArya
RUMPUM
animated ellipse animated ellipse

सुतेकै ठाउँमा किशोरीलाई बलत्कार गर्ने गहतराज पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ पुष २०७६, शुक्रबार १४:२२
3
Shares
पाँचथर / पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरीलाई बलत्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

किशोरीलाई बलत्कार गरेको आरोपमा मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् ।

गत पुस १९ गते ओछ्यानमा सुतिरहेका बेला घरमै गएर झ्यालबाट छिरेर गहतराजले पीडित किशोरीले बलत्कार गरेको बताएकी छिन् । किशोरीले भनिन्, “भाइहरुसँग सुतेको थिएँ, झ्यालबाट छिरेर ती गहतराजले आफूलाई मुख र हात समातेर बलत्कार गरे ।”गहतराजलाई पुस २१ गते पक्राउ गरी यौन दुव्र्यवहारमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थपिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेले बताए ।

पीडित किशोरीको अहिले जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ । विपन्न वर्गकी ती किशोरीले विभिन्न प्रलोभनमा पारेर मुद्दा मिलाउन आफूलाई दवाव दिइरहेको बताएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर