RUMPUM
animated ellipse animated ellipse

३ सय ७० जना विपन्न सामुदायलाई जाडोको न्यानो कपडा वितरण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७६, सोमबार १९:५९
3
Shares

विराटनगर / मोरङको धनपालथान गाउँपालिका– ५ दादरबैरियास्थित ३ सय ७० जना विपन्न सामुदायलाई जाडोको न्यानो कपडा वितरण गरिएको छ ।

धनपालथान गाउँपालिका ५ को वडा कार्यालयमा आज एक कार्यक्रम आयोजना गरि जाडोको न्यायो कपडा वितरण गरेको हो ।

वडा कार्यालयले ५० जना वडाका सुत्केरी महिला, १ सय जना अपाङ्ग र ३ सय जना आर्थिक रुपमा विपन्न परिवारलाई जाडोको न्यायो कपडा वितरण गरिएको धनपालथान गाउँपालिका ५ का वडा अध्यक्ष गयानन्द सरदारले जानकारी दिए । उनका अनुसार ३ लाख ५० हजार मुल्य बरावरको जाडोको न्यायो कपडा वितरण गरिएको जानकारी दिए । यहाँका सरदार र ऋषिदेव सामुदायका विपन्न सामुदायका घरपरिवारलाई कपडा वितरण गरिएको हो । धनपालथान गपा ५ नम्बर वडामा १ हजार १ सय घरधुरी रहेका मध्ये करिब ३ हजार जनसंख्या रहेको वडा अध्यक्ष सरदारले जानकारी दिए । पछिल्लो समयमा अत्याधिक मात्रमा जाडो बढेपछि यहाँका विपन्न सामुदायहरुलाई जाडोमा न्यानो हुने कपडा वितरण गरिएको वडा अध्यक्ष सरदारले बताए ।

विपन्न सामुदायहरुललाई न्यानो कपडा प्रतिनधि सभाका संसद शिवकुमार मण्डल, नेकपाका नेता भोगेन्द्र यादव, धनपालथान गपा ५ का वडा अध्यक्ष सरदार, इलका प्रहरी कार्यालय रङगेलीका इनिस्पेक्टर लेखनाथ दाहाललगायले कपडा वितरण गरेका थिए ।

सोही अवसरमा सामुदायसँग प्रहरी कार्यक्रम अन्तर्गत इलका प्रहरी कार्यालय रङ्गेलीले पनि जाडोमा आगो ताप्ने दाउँरा वितरण गर्दै आएको इप्रका रङ्गेलीका इनिस्पेक्टर दाहालले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर