पूर्वाञ्चल खबर
विराटनगर / रगतको अभाव हुुन नदिन नेपाल राष्ट्रिय मारवाडी युुवा संगठनले युवा दिवशको उपलक्ष्यमा तीन सय पिण्ट रगत संकलन गरेको छन् ।
नेपाल राष्ट्रिय मारवाडी युवा संगठनले आफ्नो नौ औं राष्ट्रिय युवा दिवशका उपलक्ष्यमा राष्ट्रिय मारवाडी युुवा संगठनले गरेको रक्तदान कार्यक्रममा उक्त रगत संकलन भएको हो । विराटनगरमा आज आयोजित पत्रकार सम्मेलन गरि देशभरका विभिन्न शाखाहरुमा रक्तदान कार्यक्रम गरि रगत सकंलन गरेको जानकारी गराइयो ।
संंगठनको पुस ३ गतेदेखि सप्ताहव्यापी रुपमा सो दिवश मनाएको हो । दिवशको उपलक्ष्यमा नेपाल भरी शान्ती तथा मोटरसाईकल ¥याली, प्रभातफेरी देशभरका चार क्षेत्र र २४ मञ्च शाखाद्वारा गरीवगुरुवाहरुलाई करिव चार सय कम्वल, चार सय क्विण्टल खाद्यान्न फलफूल,एक हजार सेनिटरी प्याड, निःशुल्क भोजन, वृक्षरोपण रंगेली अस्पतालका विरामीलाई कम्वल वितरण अस्पताललाई विभिन्न सरसफाईका लागी फिनेल लगायतका सामाग्र्री वितरण गर्नुुका साथै सुुनसरीको इटहरीमा निशुुल्क भोजनको व्यवस्था गरेको संस्थाका महासचिव मनोज अग्रवालले बताए ।
उनका अनुुसार संगठनले विराटनगर, इटहरी, रगेंली, ईनरुवा, धरान, दुहवी, दमक, धुलावारी, विर्तामोड, जनकपुर, हनुमान नगर, राजविराज, कलैया, लहान, नारायणघाट हेटौडा, पोखरा, भैरहवा, नेपालगञ्ज, बुटवल, धनगढी र परासीमामा न्यानो लुगा वितरण, , खाजा व्यवस्था, खाद्यान्न निशुुल्क भोजन लगायतका सामाजिक कार्य गरेको छ । मारवाडी युुवामन्चले भ्रमणवर्षलाई लक्षित गर्दै विभिन्न कार्यक्रमको आयोजना समेत गरेको जनाएको छ । भ्रमणवर्षलाई सफल वनाउन पर्यटकिय स्थालको प्रचारप्रसार ग्रामीण तथा धार्मिक पर्यटयिकक्षेत्रमा सरसफाई लगायतका कार्यक्रमहरु समेत संचालन गरिरहेको छ ।
यसैगरी भ्रमण वर्ष २०२० को सम्वन्धमा स्वदेश तथा विदेशमा रहेका आफन्तहरुलाई धार्मिक, प्राकृति, हिमालय क्षेत्रको परिवारका साथ भ्रमण गर्न प्रचार प्रसार गरिएको कार्यक्रम संयोजक ुसन्दिप लालवानीले वताए ।