खबर पूर्वाञ्चल
विराटनगरमा आधिकारिक ट्रेड यूनियन नेपाल विद्युत प्राधिकरण राष्ट्रिय कर्मचारी यूनियनद्वाराले आयोजित ‘ सजह सेवा, स्वच्छ नेविप्रा राष्ट्रिय अभियान –२०७६ को प्रदेश १ श्रृङ्खला अभियानको आज कार्यालयमा विरुवा रोपी सुरुवात गर्दै उनले तीन वर्षभित्र विद्युत भार कटौतीको अन्त्य गर्ने जानकारी दिए ।
प्रदेश उर्जाको क्षेत्रमा सम्पन्न रहेको बताउँदै मुख्य मन्त्री राईले आगामी पाँच वर्ष भित्र एक हजार पाँच सय मेघावाट विद्युत उत्पादन गरी औद्योगिक क्षेत्रको विकासवाट जनतालाई रोजगारी उपलव्ध जनतालाई समृद्ध बनाउने बताए । उनले विकास र समृद्धिको वाधकको रुपमा रहेको भ्रष्टाचार र ढिलासुस्ती अन्त्का लागि सन्य सहनशिलता अपनाएको जानकारी दिदै यस किसिमको गलत क्रियाकलापको जानकारी आफूले सार्वजनिक गरेको मोवाइल तथा विद्युतीय सञ्चारमा जानकारी प्राप्त भएको एक घण्टाभित्र कारवाही गरिएको जानकारी दिए ।
मुख्य मन्त्री राईले सरकारले सूचना प्रविधिको अधिकतम प्रयोग गरी ‘डिजिटल प्रदेश’मा रुपान्तरण गर्न ‘सिएम ड्यास वोर्ड‘ चाँडै सञ्चालनवाट मुख्यमन्त्री कार्यालय, प्रदेश कार्यालय, सम्पूर्ण पालिकाका सूचना ,छलफल लगायतका सवै जानकारी उपलव्ध हुने बताए ।
मुख्यमन्त्री राईले गुणस्तरीय सडक, खानेपानी, सिंचाई र विद्युत योजना निर्माणवाट जनतालाई विकासको अनुभूति दिनु पर्नेमा जोड दिदै स्वच्छ गुणस्तरीय र सेवा प्रदान गर्ने यूनियनको अभियानले सरकारलाई मार्गदर्शन भै समृद्ध नेपाल सुखी नेपालीको सपना सकार हुने बताए ।