पूर्वाञ्चल खबर
काठमाडौंमा / अखिल नेपाल फुटबल संघ एन्फाले सुचना तथा सञ्चार समिति विस्तार गरेको छ।
एन्फाका प्रवक्ता किरण राईको संयोजकत्वमा पाँच सदस्यीय समितिको आज काठमाडौंमा विस्तार गरिएको हो । प्रवक्ता राईले फुटबलको सन्र्दभमा सूचना प्रवाह तथा खेल प्रशंसकहरुलाई फुटबलसंग निकटता बनाउनका लागि समितिले कार्य गर्ने जनाएकाछन् ।
विस्तार गरिएको समितिमा काठमाडौंका विनोदध्यज खड्का, चन्द्रमणी गौतम, बुटवलका मनोज थापा, उदयपुरका हेम राई र विराटनगरका अभयकुमार राई रहेका छन् ।
कार्यक्रममा एन्फाका अध्यक्ष कर्मा छिरिंग शेर्पाले समितिले फुटबलका हरेक प्रंसंग दर्शक समक्ष चुस्तरुपमा पुराउने लक्ष्य राखेको बताए । शेर्पाले भने, एन्फाले अब जिल्ला, प्रदेश तथा राष्टियस्तरमा हुने फुटबलका गतिविधीलाई अनलाईनमार्फत सहज रुपमा विश्वभर जानकारी गराउनेछ ।
कार्यक्रममा एन्फाको वेभपोर्टललाई सशक्त र आक्रमक रुपमा अघि बढाउने लक्ष्य लिएको छ। हाल चलिरहेको एन्फाको वेभपेजलाई थप नयाँ ढंगसहित सक्रिय बनाउदै फुटबलका हरेक गतिविधीलाई उजागर गर्ने समितिले जनाएको छ।