खबर पूर्वाञ्चल
कटारीबाट नगरपालिका ६ चुहाडे स्थित घरमै भण्डारण गरी गाँजाको कारोवार भईरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबट खटिएको प्रहरी टोलीले कटारी नगरपालिका ६ का ४१ बर्षीय गेहेन्द्र भन्ने गंगा राईको घरमा खानतलासी गर्दा निजको घरमा लुकाई छिपाई राखेको २ केजी र देवकुमार राईको कोठाबाट १ सय ग्राम गाँजा बरामद भएको थियो । यसैगरी जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले त्रियुगा नगरपालिका ११ का १७ वर्षीय सन्देश राउत र त्रियुगा नगरपालिका १० का १७ वर्षीय सुजन राउतलाई २ सय ५० ग्राम नियन्त्रीत लागुऔषध गाँजासहित पक्राउ गरेको छ ।
गाँजासहित पक्राउ परेका ४ जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको तथा कानूनी कारवाही प्रकृया अगाढी बढाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।