AArya
RUMPUM
animated ellipse animated ellipse

ग्लोबल आइएमी बैंकमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०७६, बिहीबार १९:१५
3
Shares

विराटनगर / ग्लोबल आइएमई बैंकको १३ औं स्थापना दिवशको अवसरमा विराटनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ ।

बैंकको प्रदेश १ कार्यालय ट्राफिक चौक स्थित शाखा कार्यालय परिसरमा आज रक्तदान आयोजना गरेको हो ।

बैंकका प्रदेशका सह–प्रमुखक विन्द्र रेग्मीले कार्यक्रम उद्घाटन गरेका थिए । त्यस अवसरमा उनले बैंकले बैंकिङ सेवाका साथै सामाजिक काममा समेत आफूलाई अग्रसर गराउँदै आएको बतँए ।

त्यस अवसरमा ट्राफिक चौक शाखाका प्रमुख निश्चल अधिकारी, शनिमन्दिर शाखाका ढुण्डीराज भट्टराईसहित ग्लोबलको तीनपैनी शाखाका कर्मचारीसमेत सहभागीथिए । नेपाल रेडक्रस सोसाइटीको प्राविधिक सहयोगमा भएको रक्तदानमा १६ पिन्ट रगत संकलन भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर