CLASSICTECH NET

युवालाई यौन तथा प्रजनन् स्वास्थ्यको प्रशिक्षण

खबर पूर्वाञ्चल, १४ पुष २०७६, सोमबार २१:५६

विराटनगर / लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलको आयोजनामा भएको दुई दिने यौन तथा प्रजनन् स्वास्थ्य प्रशिक्षण सकिएको छ । लियो क्लबमा आवद्ध भएका किशोर किशोरीहरुलाई दिएको उक्त तालिम आज समापन भएको हो ।

लियो क्लबमा आवद्ध भएका युवाहरुले सो प्रशिक्षण लिएपछि सामुदाय र स्कूलहरुमा गएर स्वास्थ्य सचेतना फैलाउँने लयान्स क्लब अफ विराटनगरका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।

यौन तथा प्रजनन् स्वास्थ्यको दुई दिने प्रशिक्षण कार्यक्रमको समापनमा बोल्दै प्रदेश १ का समाजिक विकास मन्त्री जीवन घिमिरले लायन्सले सुरु गरेको स्वास्थ्य कार्यक्रम प्रशंसायोग्य रहेको बताए । स्वास्थ्य क्षेत्रमा संगठित भएकाहरुले यस्तै स्वास्थ्य अभियानको संचालन गरिनुपर्ने मन्त्री घिमिरले जोड दिए । ‘असुरक्षित गर्भपतनले अहिले देशमा वार्षिक ७ प्रतिशत मातृ मृत्यदर रहेको स्वास्थ्य संगठनको तथ्याङ्गहरूले देखाएको छ,’ डा साहले भने, ‘मातृ मृत्युदरमा न्यूनिकरण गरि सुरक्षित गर्भपतनको गुण्स्तरमा पुहच पु¥याउन स्वास्थ्य क्षेत्रमा आवद्ध भएका युवालाई प्रशिक्षण दिएका हौं ।’

प्रशिक्षण लिएकाहरूले स्कूल, कलेज र सामुदायहरुमा गएर सुरक्षित गर्भपतनको बारेमा जानकारी गराउनुको साथै स्वास्थ्य क्षेत्रको बारेमा जानकारी पनि गराउने बताइएको छ । प्रशिक्षण लिएका एक जनाले पाँच वटा विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनेछन् ।

स्वास्थ्य क्षेत्रमा आवद्ध भएका युवाहरुलाई प्रसूती तथा स्त्री रोग विशयज्ञ डा. बालकृष्ण साह, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञान बहादुर बस्नेत, आइपास नेपालका १ नम्बर प्रदेशका प्रमुख केदार भण्डारीले प्रशिक्षण दिएका छन् । यौन तथा प्रजनन स्वास्थ्य प्रशिक्षणमा दुई दर्जन युवाहरुको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया

*

BRIGHTFUTURE

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५