AArya
RUMPUM
animated ellipse animated ellipse

किशोर, किशोरीहरूमा पैरवी गराउन स्वास्थ्य क्षेत्रका युवाहरुलाई प्रशिक्षण

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१२ पुष २०७६, शनिबार २१:३९
3
Shares
विराटनगर / स्कूल, कलेजमा गएर यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा किशोर, किशोरीहरूमा पैरवी गराउन स्वास्थ्य क्षेत्रका युवाहरुलाई दुई दिने प्रशिक्षण दिइएको छ ।

लायन्स क्लब अफ विराटनगर हेल्थ प्रोफेसनलको आयोजनामा लियो क्बलका आवद्ध भएका स्वास्थ्य क्षेत्रका किशोर किशोरीहरुलाई प्रशिक्षण दिएको हो । यो प्रशिक्षण आजदेखि विराटनगरमा सुरु भएको लायन्स क्लब अफ विराटनगरका अध्यक्ष डा. बालकृष्ण साहले जानकारी दिए ।

‘असुरक्षित गर्भपतनले अहिले देशमा वार्षिक ७ प्रतिशत मातृ मृत्यदर रहेको स्वास्थ्य संगठनको तथ्याङ्गहरूले देखाएको छ,’ डा साहले भने, ‘मातृ मृत्युदरमा न्यूनिकरण गरि सुरक्षित गर्भपतनको गुण्स्तरमा पुहच पुर्याउन स्वास्थ्य क्षेत्रमा आवद्ध भएका युवालाई प्रशिक्षण दिएका हौं ।’ प्रशिक्षण लिएकाहरूले स्कूल, कलेज र सामुदायहरुमा गएर सुरक्षित गर्भपतनको बारेमा जानकारी गराउनुको साथै स्वास्थ्य क्षेत्रको बारेमा जानकारी पनि गराउने बताइएको छ ।

प्रशिक्षण लिएका एक जनाले पाँच वटा विद्यालयमा यौन तथा प्रजनन् स्वास्थ्यको बारेमा जानकारी गराउनेछन् डा. साहले भने।

स्वास्थ्य क्षेत्रमा आवद्ध भएका युवाहरुलाई प्रसूती तथा स्त्री रोग विशेषज्ञ डा साह, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत, आइपास नेपालका प्रदेश १ का प्रमुख केदार भण्डारीले प्रशिक्षण दिएका छन् । यौन तथा प्रजनन् स्वास्थ्य प्रशिक्षणमा दुई दर्जन युवाहरुको सहभागिता रहेको छ ।

आइतबार प्रदेश १ का सामाजिक विकसा मन्त्री जीवन घिमिरको प्रमु्ख अतिथिमा यो प्रशिक्षण समापन हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर