AArya
RUMPUM
animated ellipse animated ellipse

सरकारबारे अनावश्यक भ्रम फैलाएको प्रधानमन्त्री ओलीको भनाइ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७६, शनिबार १९:०९
3
Shares
फाइल तस्वीर

काठमाण्डौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार र पार्टीबारे विपक्षी दल काँग्रेससहित विरोधी शक्तिले अनावश्यक भ्रम फैलाइरहेको बताएका छन् ।

आज प्रधानमन्त्री निवास बालुवाटारमा प्रेस संगठन नेपालको राष्ट्रिय भेला तथा सपथ ग्रह कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभिन्न समाजिक सञ्जालमा लगानी गरेर, अनेक ढंगबाट भ्रम फैलाउने काम भइरहेको बताएका हुन् ।

चुनाव नजितेपछि काँग्रेस नेतृत्वको तत्कालीन सरकारले अनैतिक रुपमा विभिन्न निर्णय गरेको उल्लेख गर्दै प्रम ओलीले त्यसको दोष पनि वर्तमान सरकारमाथि नै थोपर्ने काम भएको बताए । उनले नेपालमा कोही पनि भोकै नमर्ने उल्लेख गर्दै सरकारले जनहित अनुरुप काम गरिरहने बताए ।

विगतमा स्थिर सरकार नहुँदा नै देश विकास हुन नसकेको उल्लेख गर्दै प्रम ओलीले अहिले नेकपाले बहुमत ल्याएर सबै ध्यान आर्थिक समृद्धिमा केन्द्रीत गर्दा पनि बिरोधका नाममा विरोध भइरहेको आरोप लगाए । प्रम ओलीले आफू नेतृत्वको सरकारले असाधारण काम गरेको दावी गर्दै त्यसलाई विरोधी शक्तिले स्विकार गर्न नचाहेको समेत बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर