RUMPUM
animated ellipse animated ellipse

विप्लप मोरङका इन्चार्जसहित २ जना पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७६, शुक्रबार २१:०५
3
Shares

विराटनगर / विप्लप नेतृत्वको नेपाल कम्यिुनिष्ट पार्टी मोरङका इन्चार्जसहित २ जनालाई पक्राउ गरेको छ ।

विप्लप समूहको मोरङ इन्चार्ज मोरङ सुन्दरहरैचा नगरपालिका – १० का ४६ वर्षिय नरेश भनिने कृष्ण चौलागाई र मोरङका सञ्चार विभाग प्रमुख विराटनगर महानगरपालिका – ८ को छितिज पौडेललाई आज प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरु दुवै जनालाई मोरङको कसेनीबाट पक्राउ गरेको मोरङ प्रहरीले जनाएको छ ।

चौलागाईलाई प्रहरीले मोरङमा भएको विभिन्न स्थानमा भएको विष्फोटको घटना र अन्य विभिन्न गतिविधिमा संलग्न भएको कसुर लगाएर अदालतमा म्यात थप गर्ने तयारी गरेको प्रहरी स्रोतले जानकारी दिएको छ । पक्राउ परेका दुवै जनालाई इप्रका बेलबारीमा राखिएको मोरङ प्रहरीले जनाएको छ । प्रहरीले दुवै जनालाई आइतबार अदालतमा म्यात थप गर्ने तयारी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर