पूर्वाञ्चल खबर
विराटनगर / मोरङको बुढीगंगा गाँउपालिकाका – ३ स्थित विपन्न ऋषिदेव सामुदायका बालवालिकाहरूलाई जाडोको न्यायो कपडा वितरण गरिएको छ ।
सामुदायिक विद्यालयमा अध्ययरत विपन्न १ सय ३० विद्यार्थीहरूलाई जाडोमा न्यायो कपडा वितरण गरिएको हो ।
बुढीगंगा गापामा ३ खदरास्थित जनता आधारभुत विद्यालयका विद्यार्थीलाई लायन्स क्लब अफ विराटनगर एक्टीभले स्वीटर वितरण गरेका थिए । लायन्स क्लबका सेकेण्ड भाईस डिस्ट्रिक गर्भनर रेवतबहादुर कार्की, पास्ट डिस्ट्रिक गर्भनर लिला ढुंगेल, एडभाईजर मंजु कार्की, आयोजक संस्थाका अध्यक्ष बैजन्ति पालिखे र विद्यालयका प्रधानाध्यापक राधा थापा पौडेलले विद्यार्थीहरुलाई स्वेटर हस्तान्तरण गरेका थिए । केही दिनयता बढेको अत्याधिक चिसोको कारण विपन्न समुदायका बालवालिकाहरूलाई पठनपाठनमा समस्या भएकोले जाडोमा न्यानो कपडा वितरण गरिएको हो ।