RUMPUM
animated ellipse animated ellipse

नो पार्किङ्ग गरिएको सडकमा राखिएको सवारीलाई प्रहरीले कारवाहीको दायरामा ल्याउँदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७६, आईतवार १८:१५
18
Shares

विराटनगर /विराटनगर महानगरपालिका क्षेत्रको ‘नो पार्किङ्ग’ गरिएको सडकमा राखिएको सवारीलाई ट्राफिक प्रहरीले कारवाहीको दायरामा ल्याउन थालेको छ ।

नो पार्किङ्ग गरिएको ठाउँमा राखिएको सवारीलाई ट्राफिक प्रहरीले कडाइको साथ कारवाहीको दायरमा ल्याउन सुरु गरेको हो ।

मोरङ ट्राफिकको प्रमुख भएर आएपछि प्रहरी निरीक्षक राकेशकुमार पोद्धारले विराटनगरको विभिन्न क्षेत्रमा नो पार्किङ्ग क्षेत्र घोषणा गरेका थिए । प्रदेश १ को राजधानी विराटनगर महानगरपालिका घोषित भएसँगै यहाँ सडक जाम हुन थालेको छ । सवारी आवगमनमा सहज पु¥याउन उनले विराटनगरको मेन रोड, अस्पताल क्षेत्रको सडक र विराटनर–धरान सडक क्षेत्र अन्तर्गत महेन्द्र चौकदेखि भाटभटेनीसम्म एकतर्फी लाइनमा नो पार्किङ्ग क्षेत्र बनाएका छन् ।

नो पार्किङ्ग क्षेत्रमा सवारी साधान नराख्न माइकिङ्ग र नो पार्किङ्गको बोर्ड राख्दा पनि अटेरी गरि सवारी साधन राख्ने सवारीलाई कारवाहीको दायरमा ल्याउन सुरु गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी निरीक्षक राकेश कुमार पोद्धारले जानकारी दिए । ‘एक पटक राख्ने सवारीलाई धनीलाई हामीले सचेत गराउने गरेका छौं,’ उनले भने, ‘नो पार्किङ्ग भनिएको बोर्ड राख्दा पनि अटेरी गरि सवारी राखिए कारवाहीको दायरमा ल्याउन थालेका हौं ।’ महानगर भित्रको पार्किङ व्यवस्थापन गर्न अभियानको रुपमा सुरुवात गरिएको उनले बताए । ‘

नो पार्किङ तथा रोक्न निषेधित स्थानमा पार्क गर्ने सवारी साधनहरू उठाएर महानगरपालिको गाडीमा हाल्ने गरिएको छ,’ उनले भने, ‘नो पार्किङ्ग गरिएको स्थानमा दिनभरी छोडिएको सवारीलाई ट्राफिक प्रहरी र नगर रक्षक भएर त्यस्ता सवारीलाई महानगरको गाडीमा हाल्ने गरिन्छ । कारवाहीको लागि ट्राफिक चौकस्थित मोरङ ट्राफिकको कार्यालयमा ल्याउँछौं ।’ नो पार्किङ्ग क्षेत्रमा राखिएको सवारीलाई दुई खाले कारवाही गरिदै आएको छ । पार्किङ्ग निषेध क्षेत्रमा राखिएको सवारीलाई ‘विहील लक’ पनि लगाइने गरिएको पोद्धारले बताए । विहील लक गरिएको सवारीलाई १ हजार र गाडीमा हालेर ल्याएको सवारीलाई १ हजार ५ सय रुपैयाँ कारवाही स्वरुप ट्राफिक प्रहरीले लिने गरेको छ ।

मंसिर महिना मात्र मोरङ ट्राफिकले नो पार्किङ्गमा राखिएको १ सय ५३ वटा सवारी साधनलाई व्हिल लक लगाएर कारवाहीको दायरमा ल्याएको प्रहरी निरीक्षक पोद्धारले जानकारी दिए । नो पार्किङ्गमा राखिएको सवारी साधनबाट मंसिरमा मात्र १ लाख ५३ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

पार्किङ्ग निषेध गरिएको सडक दिनभरी छोडिएको सवारीलाई ट्राफिक प्रहरीले महानगरको गाडीमा हालेर प्रहरी कार्यालयमा आवश्यक कारवाहीको लागि ल्याउने गरेको छ । एक सातामा नो पार्किङ्गमा राखिएको दुई दर्जन सवारीलाई गाडीमा हालेर कारवाहीमा लाएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । ‘सडक क्षेत्रमा गरिने जथाभावी पार्किङ्गको अन्त्य गरि ट्राफिक व्यवस्थापन सहज पु¥याउन अभियान सुरु गरिएको हो,’ उनले भने, ‘यो अभियान अब प्रभावकारी रूपममा कार्यन्वयनमा जानेछ । जसले गर्दा अहिले भएको सडक जामको अन्त्य हुनेछ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर