AArya
RUMPUM
animated ellipse animated ellipse

जिपि कोइराला फाउण्डेसन मोरङले गर्यो वक्तृत्वकला

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७६, शुक्रबार १९:४९
36
Shares

विराटनगर / जिपि कोइराला फाउण्डेसन मोरङले वक्तृत्वकला कार्यक्रम सम्पन्न गरेको छ ।

नेपालको प्रजातान्त्रिक आन्दोलनका नायक गिरिजाप्रसाद कोइरालाको भुमिका विषयक बक्तृत्वकला कार्यक्रममा विराटनगर महानगरका ९ बिद्यालयले सहभागिता जनाएका थिए ।

आज विराटनगरमा भएको कार्यक्रममा आदर्श माविका कसिश महतो प्रथम र नैना खातुन द्धितीय साथै गायत्री संस्कृत माविका अशोक प्रजा तृतीय भएका छन् । सहभागि विजयी विद्यार्थीहरुलाई प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो । यस्तै अन्य सहभागी सवै विद्यार्थीलाई समेत प्रमाणपत्र र शैक्षिक सामाग्री प्रदान गरिएको थियो ।

गिरिजाप्रसाद कोइरालाको स्मृर्तिमा छोरी सुजाता कोइरालाले स्थापना गरेको यस संस्थाले देश तथा विदेशमा समेत विभिन्न सामाजिक कामहरु गर्दै आएको छ ।

कार्यक्रममा शिक्षक संघका जिल्ला अध्यक्ष शिवराज कोइरालाले जिपि कोइराला फाउण्डेसनले ल्याएको शैक्षिक जागरण अभियान प्रभावकारी भएको बताए । इतिहासको उजागर र अघिल्ला पुस्ताहरुले समाजमा दिएको योगदान स्मरण गर्ने कार्यक्रम फलदायी हुने बताए ।

जिपि कोइराला फाउण्डेसन मोरङका अध्यक्ष कौशल निरौलाको संयोजकत्वमा भएको कार्यक्रममा आदर्श माविका प्राध्यानाध्यापक तुलसीप्रसाद दुलाल,बक्तृत्वकला कार्यक्रमका निर्णायक चुडामणी नेपाल,गोग्राह माविका प्राध्यानाध्यापक टंकप्रसाद सिटौला , राधाकृष्ण भुपालमान सिंह माविका डम्बरबहादुर कार्की , जिपि फाउण्डेसन मोरङका उपाध्यक्ष बेदुकुमार खतिवडा, सचिव दुर्गा गुरागाई सह सचिव सन्तोष पोखरेल,लगायतले आ आफ्ना धारणा ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर