RUMPUM
animated ellipse animated ellipse

कटहरीमा रक्तदान

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७६, शुक्रबार १९:०५
3
Shares

विराटनगर / मोरङको कटहरी गाँउपालिकास्थित राजवंशी समाज विकास समितिले रक्तदान कार्यक्रम गरेको छ ।

समितिको आफ्नै भवन परिसरमा आज आयोजित शिवीरमा ३५ जनाले रक्तदान गरेका छन । रेडक्रस सोसाईटीको प्राबिधिक सहयोगमा आयोजना गरिएको कार्यक्रममा समितिका पदाधिकारीसहित स्थानीय सर्वसाधारणले रक्तदान गरे ।

राजवंशी समाज विकास समितिको स्थापना दिवसको अवसरमा आयोजित तीनदिने कार्यक्रमको पहिलोदिन रक्तदान शिवीर आयोजना गरिएको संस्थाका अध्यक्ष भीमराज राजवंशीले जानकारी दिए । कार्यक्रम अन्र्तगत पुष ५ गते समाजको नवनिर्मित कार्यालय भवनको मुख्यमन्त्री शेरधन राईले उदघाटन गर्ने तथा पुष ६ गते रंगारंग सांस्कृतिक कार्यक्रम आयोजना गरिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर