खबर पूर्वाञ्चल
उदयपुर प्रहरीका अनुसार जरुवाको भित्री सडकखण्ड भएर तामलडाँडाबाट कटारी जाँदै गरेको भारतीय नम्बर प्लेटको बलेरो जिप सडकबाट तल खस्दा चारजनाको मृत्यु भएको छ । अरु दुईजना घाइते भएका छन् ।
आज भएको सो दुर्घटनामा हाल मोरङ पथरीका ६१ वर्षीय टीकनारायण श्रेष्ठ, ४७ वर्षीय ढकबहादुर मगर, ४७ वर्षीय मीननारायण श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ । प्रहरीका अनुसार मोरङको पथरीका ३५ वर्षीय टीकाराम श्रेष्ठलाई उपचारका लागि कटारी अस्पतालमा लगे लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए । घाईते दुबै जनालाई उपचारका लागि विराटनगर लगिएको छ ।