AArya
RUMPUM
animated ellipse animated ellipse

प्याब्सन स्पोर्ट्स मिट विहिबारदेखि शुरु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०७६, सोमबार २०:१३
3
Shares
प्याब्सन स्पोर्ट्स मिटबारै जानकारी गराँदै प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेत । तस्वीर:पुष्पराज थपलिया

विराटनगर / निजी तथा आवसिय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) मोरङको आयोजनामा विराटनगरमा ११ औं प्याब्सन स्पोर्ट्स मिट हुने भएको छ ।

प्याब्सन मोरङले आज विराटनगरमा पत्रकार सम्मेलन गरि पुस ३ देखि ५ गतेसम्म प्याब्सन स्पोर्ट्स मिट सुरु हुने जानकारी गराएको हो ।

तीन दिनसम्म संचालन हुने स्पोर्ट्स मिटमा विभिन्न खेलहरू समावेश गरिएको प्याब्सन मोरङका अध्यक्ष अर्जुन बस्नेतले जानकारी दिए । प्याब्सन् स्पोर्ट्स मिटमा २५ भन्दा बढी एथलेटिक्स, कक्षा १०, ११ र १२ लागि छुटा–छुटै भलिबल प्रतियोगिता पनि हुनेछ । छात्र र छात्र दुवै तर्फ भलिबल कप हुनेछ । २ सय ५० वटा प्याब्सन आवद्ध विद्यालयहरुबाट करिब २ हजार भन्दा बढी खेलाडी विद्यार्थीहरूको प्रतियोगितामा सहभागि जनाउने प्याब्सन मोरङका सचिब प्रेमलाल सिंह सुवालले जानकारी दिए ।

स्पोर्ट्स मिटमा १ सयदेखि १५ सय मिटरसम्म दौड, रिले, लङ्गजम्प, हाइजम्प, त्रिपल जम्प, सटपुट, ज्याबलिङ्ग थ्रोलगायतको खेलहरू समावेश गरिएको बताइएको छ ।

प्रतियोगिताको उद्घाटन प्याब्सनको केन्द्रीय अध्यक्ष टिकाराम पुरीले गर्नेछन् । प्याब्सन स्पोर्ट्स मिट सम्पन्न गर्न १५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर